Posts

Image
मिति -२०७५-१०-१४ सोमबार लेक्चरर्स क्वार्टर, पृथ्वीनारायण क्याम्पस पोखरा प्यारी छोरी जिया मैले लेख्न लागेको कुरा आजको मितिमा पनि लेखिरहन पर्नु विडम्बना हो । किनकि विश्वका धेरै देशमात्र होइन हाम्रै देशका पनि केही जाति-समुदायका मान्छेले तिमी र म जन्मेहुर्केको र बाँचिरहेको जाति-समुदायमा यो सबै कुरा साँच्चिकै हुन्छ , भइरहन्छ भन्ने सुन्दा-पढ्दा अचम्म मान्छन् । तर यही विडम्बना नै तिमी र म जन्मेहुर्केको र बाँचिरहेको जाति समुदाय र समयको सत्यता हो । हामीकहाँ यस्ता घटना, दृश्य र कुराकानी अझै कति वर्ष वा पुस्तासम्म अस्तित्वमा रहिरहने हुन् भन्ने कुराको कुनै पत्तो छैन । हामीले यो चलनमाथि गर्नसक्ने सानो परिवर्तनलाइ पनि   ' क्रान्ति ' ठान्नुपर्ने , आफ्ना घरका पाका स्वास्नीमान्छे र लोग्नेमान्छेहरुले हाम्रो त्यो कथित क्रान्तिलाई स्वीकारिदिए बापत अनुगृहित हुनुपर्ने बाध्यता अझै छ । कसैलाई यो कुरा एकदमै सामान्य लाग्ला , तर तिमी र मसंग जोडिएको यो हाम्रो नीजि अनुभव हाम्रो आफ्नो लागि मूल्यवान छ । व्यक्तिगत रुपमा महत्वपूर्ण छ । त्यसैले म लेख्दैछु । 'पर्सनल इज पोलिटिकल' भनेको के हो ...